खाेज्नुहाेस

प्रअ धामीका लागि न्याय माग्दै दार्चुला अदालत घेराउ

Image

दार्चुला – सम्पाल माध्यमिक विद्यालय, सुन्सेराका प्रधानाध्यापक बलदेब धामीको आत्महत्या प्रकरणलाई लिएर दार्चुला सदरमुकाम खलंगा आन्दोलित बनेको छ । घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित पक्ष तथा स्थानीय सर्वसाधारण विगत तीन दिनदेखि निरन्तर धर्नामा बसेका छन् ।

navjiwan hospital

गत जेठ ४ गते सामाजिक सञ्जाल फेसबुकमा एक सुसाइड नोट सार्वजनिक गर्दै प्रधानाध्यापक धामीले आत्महत्या गरेका थिए । उक्त आत्मघाती कदम पछाडिका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन सुरु भएको हो ।

attariya hospital

पीडित पक्षले घटनामा संलग्न दोषीहरूलाई कुनै पनि बहानामा उन्मुक्ति नदिन, धरौटीमा रिहा नगर्न तथा निष्पक्ष र प्रभावकारी न्याय सुनिश्चित गर्नुपर्ने माग राख्दै आन्दोलनलाई सशक्त बनाएका छन् ।

आन्दोलनकै क्रममा शुक्रबार सयौँको संख्यामा उपस्थित सर्वसाधारणले जिल्ला अदालत दार्चुला घेराउ गरेका छन् । आन्दोलनकारीहरूले घटनाको गम्भीरतापूर्वक र निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकाय र प्रशासनसँग जोडदार माग गरेका छन् । दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत पीडित पक्षले दिएको छ ।