अत्तरिया – कैलालीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामान बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर र वडा नं. १३ मोहनपुर क्षेत्रबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी ७८ हजार ९ सय २० रुपैयाँ बराबरका सुर्ती, सुटपिस, स्याम्पु, साबुन, सिरप तथा विभिन्न किराना सामग्री शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।
बरामद गरिएका सामान सम्बन्धित निकायमा बुझाउने तथा थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ।

















