अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ । शनिवार बसेको आठौँ अधिवेशनको ११ औँ बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो ।

करिब १२ मिनेट चलेको बैठकमा मुख्यमन्त्री कमल बहादुर शाहले नीति तथा कार्यक्रममा क्रममा उठेका प्रश्नको जवाफ दिएपछि सभामुखले नीति तथा कार्यक्रम निर्माणार्थ प्रस्तुत गरेका थिए ।

बैठकबाट “सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम“ लाई सुदूरपश्चिम प्रदेश सभा नियमावली, २०८० को नियम ३८ को उपनियम (४) बमोजिम सभाबाट बहुमतले पारित भएको सभामुख भीम बहादुर भण्डारीले जानकारी गराएका थिए ।

















