खाेज्नुहाेस

कैलालीमा ब्राउनसुगरसहित एक युवक पक्राउ

Image

कैलाली – कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।

navjiwan hospital

पक्राउ पर्नेमा बाजुराको बुढीगंगा नगरपालिका–५ निवासी २५ वर्षीय नरेन्द्र बहादुर शाह रहेका छन्। उनलाई शुक्रबार साँझ ४ ग्राम ४६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने अवैध लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनको साथबाट उक्त लागूऔषध फेला पारेको थियो। त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।