कञ्चनपुर – चोरी मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयनको सिलसिलामा जिल्ला अदालत कञ्चनपुरको २०८१ असोज २ गतेको फैसलाले चोरी मुद्दामा २ वर्ष ११ महिना ८ दिन कैद सजाय र ५० हजार रुपैयाँ जरिवाना तथा सोही मुद्दामा २०८१ चैत १५ गतेको अर्को फैसलाले २ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना तोकिएका भीमदत्त नगरपालिका–१८ सालघारी निवासी २० वर्षीय विक्रम कामीलाई प्रहरीले पक्राउ गरेको हो।

वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बिहीबार उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका कामीलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

















