खाेज्नुहाेस

कञ्चनपुरबाट ८ फरार प्रतिवादी पक्राउ

Image
सांकेतिक फोटो

कञ्चनपुर  – जिल्ला अदालत कञ्चनपुरबाट विभिन्न मितिमा भएका फैसलाअनुसार कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार  विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

attariya hospital

पक्राउ पर्नेहरूमा कर्तव्य ज्यान मुद्दामा २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना तोकिएका बेलौरी नगरपालिका–१ मटैयाका २८ वर्षीय सरोज राना तथा २२ वर्षीय राहुल राना रहेका छन्।

navjiwan hospital

यस्तै, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा १ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका डडेल्धुराको अमरगढी नगरपालिका–८ निवासी ५२ वर्षीय लक्ष्मी दत्त पाण्डे पक्राउ परेका छन्।

विद्युतीय कारोबार मुद्दामा ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएका लालझाडी गाउँपालिका–२ कञ्जका २६ वर्षीय नबिन राना पनि पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा १ महिना कैद सजाय तोकिएका पुनर्वास नगरपालिका–२ अर्निकोबस्तीका २८ वर्षीय केशव सिंह योञ्जन तथा लागूऔषध चरेश मुद्दामा ६ महिना कैद सजाय तोकिएका भीमदत्त नगरपालिका–२ का २६ वर्षीय बसन्त जोशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी, राष्ट्रिय वन क्षेत्रबाट बिना इजाजत वन पैदावार हटाएको मुद्दामा १ महिना कैद सजाय तोकिएका बेलौरी नगरपालिका–५ निवासी ४० वर्षीय गंगा राम चौधरी र ३८ वर्षीय बुद्धिराम चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।