खाेज्नुहाेस

बेलौरीमा प्रदेश ऐन विपरित जनप्रतिनिधिले लगे साढे १८ लाख

Image

बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिकाले प्रदेश ऐन विपरीत जनप्रतिनिधिहरूलाई लाखौँ रुपैयाँ नगद भत्ता वितरण गरेको देखिएको छ । महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१÷८२ को अन्तिम लेखापरीक्षणको प्रतिवेदनअनुसार नगरपालिकाले ‘चियापान र अतिथि सत्कार’ नाम जनप्रतिनिधिहरुलाई प्रादेशिक कानुनविपरीत आन्तरिक कार्यविधि बनाएर १८ लाख ४९ हजार ६५० रुपैयाँ नगद वितरण गरेको देखिएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेशको ‘स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७६’ मा तोकिएबाहेकका कुनै पनि अतिरिक्त सुविधा दिन रोक लगाइएको प्रतिवेदनमा भनिएको छ । तर बेलौरी नगरपालिकाले ‘कार्यसञ्चालन निर्देशिका २०८०’ को दफा ६ लाई आधार बनाएर जनप्रतिनिधिहरूलाई मासिक रूपमा सोझै नगदै भुक्तानी दिएको पाइएको छ । जुन ऐनको विपरित भुक्तानी गरिएको विविध तथा अथिती सत्कार खर्छ नियमसम्मत नदेखिएको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

attariya hospital

महालेखाले अब उप्रान्त यस प्रकारको खर्च गर्दा नगद बाँड्नुको सट्टा सचिवालय र वडागत रूपमा स्पष्ट ‘सीमा’ तोकेर मात्रै बजेट विनियोजन गर्न निर्देशन दिएको छ । साथै, आगामी दिनमा गरिने त्यस्ता खर्चहरूमा अनिवार्य रूपमा सक्कल बिल भरपाई संलग्न हुने गरी मात्रै भुक्तानी दिने व्यवस्था मिलाउन नगरपालिकालाई निर्देशन दिइएको छ ।
मासिक रूपमा नगद बुझ्ने जनप्रतिनिधिहरू, कस्ले कति लगे ?