खाेज्नुहाेस

कञ्चनपुरमा लागूऔषधसहित युवक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको लालझाडी गाउँपालिका–१ डाँडा बिचुवाबाट प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

navjiwan hospital

शनिबार बेलुकी इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका स्थानीय १९ वर्षीय कृष्ण रानालाई चेकजाँच गर्ने क्रममा अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने ४१० मिलिग्राम पदार्थ बरामद गरेको हो।

attariya hospital

प्रहरीले उक्त पदार्थसहित रानालाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका रानामाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।