खाेज्नुहाेस

विपदका लागि सशस्त्र प्रहरीले तयार पार्यो बेलौरीका २९ जना

Image

बेलौरी – बेलौरीमा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम सकिएको छ । बैशाख २९ गतेदेखी बेलौरी नगरपालिकामा सञ्चालित २१ दिने समुदाय विपद् स्वयंसेवक तालिम शुक्रवार सकिएको हो ।

विपद्को बेला स्थानीय स्तरमै सक्षम स्वयंसेवक तयार गर्न 

attariya hospital

बेलौरी नगरपालिकाको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरले गुल्म बेलौरीमा तालिम सञ्चालन गरेको थियो ।

तालिममा नगरपालिकाका विभिन्न वडाबाट छनोट गरिएका ३० जना स्वयंसेवकमध्ये २९ जना सहभागी भएका थिए । एक जनाले बिचमै तालिम छोडेका थिए ।

navjiwan hospital

उनीहरूलाई भूकम्प, बाढी, आगलागी तथा अन्य विपद्का समयमा खोज तथा उद्धार, प्राथमिक उपचार, जोखिम न्यूनीकरण, राहत व्यवस्थापन, समन्वय तथा विपद् प्रतिकार्यसम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गरिएको सिमा सुरक्षा गुल्म बेलौरीका डिएसपी योग्य बस्नेतले जानकारी दिए ।

तालिममा सहभागी २९ जना स्वयंसेवकहरू र तालिम सञ्चालनमा योगदान पुर्‍याउने प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

तालिम लिएका प्रशिक्षार्थीहरूले प्राप्त ज्ञान र सीपलाई समुदायमा प्रयोग गर्दै विपद्को समयमा खोज तथा उद्धार, प्राथमिक उपचार र जनचेतना अभिवृद्धिमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।