कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाउँबाट प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका करिब १४ लाख रुपैयाँ बराबरका सामानसहित एक जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पुनर्वास नगरपालिका–१ निवासी ५३ वर्षीय डम्मर चन्दलाई अवैध सामानसहित नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी १३ लाख ९७ हजार ७८० रुपैयाँ बराबरका वाल फ्यान, सिलिङ फ्यान, एलईडी बल्ब, कलर लाइट तथा भारतीय नम्बर प्लेट (यूके ०४ एन २२५५) भएको टोयोटा कार बरामद गरिएको छ।
बरामद सामान, कार र चालकलाई आवश्यक कानुनी कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको प्रहरीले जनाएको छ।

















