खाेज्नुहाेस

बेलाैरीबाट ९४० मिलिग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ

Image

कञ्चनपुर –  बेलौरी नगरपालिका–८ पचुईस्थित हुलाकी राजमार्गबाट प्रहरीले ९४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।

navjiwan hospital

बुधबार राति पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–३ बडहरा गाउँका २४ वर्षीय प्रकाश चौधरी, २५ वर्षीय शिव चौधरी र २२ वर्षीय अविनास चौधरी रहेका छन्।

attariya hospital

प्रहरी चौकी पचुईबाट खटिएको टोलीले शंकास्पद रूपमा से ३ प १९८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा लागूऔषध फेला पारेपछि पक्राउ गरेको हो। प्रहरीले लागूऔषधसहित मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।