बेलौरी – बेलडाडी प्रहरीले मध्यरातमा लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ ।
सोमबार राती साढे ११ बजेको समयमा ईलाका प्रहरी कार्यालय बेलडाडी र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका १० स्थित ३३ नम्बर सिमा स्तम्भ नजिकबाट २.१२ ग्राम लागू औषध ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको हो ।


बेलडाँडी प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलडाडी गाउँ पालिका २ चवन्नी खल्ला बस्ने २४ वर्षिय सुरेन्द्र राना ,१८ वर्षीय जोन राना ,२३ वर्षीय लोकेन्द्र राना रहेका छन ।
प्रहरीले उनिहरुको साथबाट भारतिय नम्बर DL3SFV2324 प्लेटको मोटरसाइकल समेत बरामद गरेको छ ।
अहिले पक्राउ परेका ३ जनालाई ईलाका प्रहरी कार्यालय बेलडाडीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

















