
बेलौरी– कञ्चनपुरको बेलडाडीमा खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । विहिवारदेखी निडस नेपाल र अथ्यसाम नेपालको साझेदारीमा बेलडाडी गाउँपालिकाको सभाहलमा संचालन भएको तालिम शुक्रबार सम्पन्न भएको हो ।
विपदको बेला पानी जन्य रोगबाट कसरी बच्ने र त्यसबेला पानीको शुद्धीकरण गरि कसरी पिउने भन्नेबारे जानकारी दिन तालिम आयोजना गरिएको बेलडाडी गाउँपालिकाकी सामाजिक परिचालक जानकी शाहीले जानकारी दिइन । तालिममा बेलडाडी गाउँपालिका उपाध्यक्ष शान्ति नाथ सहित गाउँपालिका भित्रका बिपद व्यवस्थापन समितिका ४० जनाको सहभागिता रहेको थियो । तालिममा महिलाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।



















