अत्तरिया – कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती मसानघाट क्षेत्रबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

विहीबार साँझ गरिएको कारबाहीमा १ ग्राम ३६० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित धनगढी उपमहानगरपालिका–१५ उर्मी बस्ने २४ वर्षीय राममोहन रानासहित तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी चौकी परासनबाट खटिएको टोलीले अमरबस्तीबाट धनगढीतर्फ आउँदै गरेको से ४ प ८९६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



















