खाेज्नुहाेस

कैलालीबाट ४ जना फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – विभिन्न मुद्दामा अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फैसला कार्यान्वयनको सिलसिलामा उनीहरूलाई पक्राउ गरेको हाे ।

navjiwan hospital

पक्राउ पर्नेहरूमा सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय तोकिएका मोहन्याल गाउँपालिका–३ का दिपेन्द्र बहादुर बटला रहेका छन् । यस्तै, वन मुद्दामा १५ दिन कैद सजाय र ३६ हजार ७१५ रुपैयाँ जरिवाना तोकिएका बर्दगोरिया गाउँपालिका–६ का कालु भुल पक्राउ परेका छन् ।

attariya hospital

वन मुद्दामै ६ महिना कैद सजाय र ६० हजार ६२४ रुपैयाँ जरिवाना तोकिएका घोडाघोडी नगरपालिका–४ का भुवन रतौलीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । त्यसैगरी, आत्महत्या दुरुत्साहन मुद्दामा २३ दिन कैद सजाय र ३० हजार रुपैयाँ जरिवाना तोकिएका टिकापुर नगरपालिका–१ भगरैयाका भुपेन्द्र चौधरी पक्राउ परेका छन् ।

उनीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।