खाेज्नुहाेस

दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश

Image

पर्सा जिल्ला अदालतले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले मंगलबार प्रसाईंलाई साधारण तारेखमा छाड्ने आदेश गरेको अदालतका सूचना अधिकारी जयनारायण यादवले लोकान्तरलाई जानकारी दिए ।

attariya hospital
navjiwan hospital

अदालतले प्रसाईंलाई थुनामा नराखी तारेखमा राखेर अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

सरकारी वकिलको कार्यालय पर्साले सोमबारमात्रै उनीविरूद्ध राज्यविरूद्ध कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो ।

प्रहरीले प्रसाईंलाई जेठ ४ गते वीरगञ्जबाट पक्राउ गरेको थियो । उनलाई जेठ ५ गते तीन दिनका लागि म्याद थप भएको थियो भने दोस्रो पटक जेठ ७ गते चार दिनका लागि म्याद थप भएको थियो ।

प्रसाईंले युट्युबमा महिलाहरूलाई लाञ्छना लगाएर अपशब्द बोलेको, सेना र प्रहरीलाई होच्याउने अश्लील टिप्पणी गरेको लगायतका आरोपमा उनलाई पक्राउ गरिएको थियो ।