
अत्तरिया – कञ्चनपुरबाट प्रहरीले जेनजी आन्दोलनमा क्रममा भदौ २४ गते जेलबाट भागेर फरार रहेका २ जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त नयाँ बानेश्वरले हिरासत कक्षबाट फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका – ५ का २१ वर्षीय अमृत रावल र २४ वर्षीय लोकेश कुँवर रहेका छन । उनीहरुलाई मंगलबार पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

















