बेलौरी – कञ्चनपुरको पुर्नवासबाट तस्करी समान सहित भारतीय नागरिक्लाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार पुर्नवास नगरपालिका – ८ कंकड सीमा ईलाकामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको सशस्त्र प्रहरीको टोलीले तस्करी गरि ल्याइएका समान दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।


भारतीय नम्बर प्लेट 31 N 0233 र UP 31 AJ 4268 का मोटरसाइकलमा भन्सार छली गरि अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ७ पेटी टायल र १ कार्टुन नमकिन नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार उक्त समान सहित नियन्त्रणमा लिएका भारतीय नागरिक जिल्ला लखिमपुर खिरी कृष्णनगर पलिया बस्ने ३६ वर्षीय सुनिल गुप्ता र जिल्ला लखिमपुर खिरी सम्पूर्णानगर बस्ने १९ वर्षीय बिवेक कुमार रहेका छन ।
मोटरसाइकल सहित बरामद गरिएको२ लाख २१ हजार मूल्य बराबरका समान सङ्गै भारतिय नागरिकलाई कैलाली भन्सार कार्यालय धनगढीमा बुझाईएको छ ।


















