खाेज्नुहाेस

लाम्पाटा क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन

Image

धनगढी– बाजुराको हिमाली गाउँपालिका–३ को लाम्पाटामा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । सीमा विवादको विषयलाई लिएर कुटपिटको घटना भएपछि सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको हो ।

navjiwan hospital

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थलीका स्थानीयको समूहले हिमाली–३ का वडा सदस्य पेमा गारा गुरुङसहितका पाँच जनामाथि कुटपिट गरेको थियो । ‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ अभियान लिएर पुगेको धनगढीका मेयर गोपाल हमाल नेतृत्वको टोली उनीहरुको अवरोधका कारण साइपाल बेसक्याम्प नपुग्दै फर्किएको थियो ।

attariya hospital

घटना भएको हप्ता दिनपछि जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको नेतृत्वमा १० जनाको प्रहरी लाम्पाटातर्फ पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नरेशबहादुर शाहीले लाम्पाटाको वस्तुगत स्थितीबारे बुझ्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली त्यसतर्फ गएको जानकारी दिए ।

उनकाअनुसार सो टोली शनिबार लाम्पाटा प्रस्थान गरेको हो । सशस्त्र प्रहरीको नेतृत्व प्रहरी सहायक निरीक्षक (असई) ले गरेका छन् । लाम्पाटामा प्रहरी चौकी निर्माण र सीमा विवादको विषयलाई लिएर खार्पुनाथका स्थानीयको कुटपिटमा परेर घाइते भएका वडा सदस्यसहितको काठमाडौंमा उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि उनीहरु सबै डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।