कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा शुक्रबार साँझ एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भीमदत्त नगरपालिका–६ स्थित महाकाली सिँचाइको नहरमा अछाम पंचदेवल बिनायक नगरपालिका ६ तोली का ४५ वर्षीय कमल बिष्टको शव भेटिएको बताए । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ ।

नोट : अपडेट गरिएको


















