बेलौरी – कञ्चनपुरको बेलौरीकी एक महिला हप्ता दिन देखि सम्पर्क विहीन भएकी छिन । बेलौरी नगरपालिका १० सडकघाटकी ३८ वर्षीय संगिता डगौरा वैशाख २५ गतेदेखि सम्पर्क विहीन भएकी हुन ।

घरबाट सासुआमालाई कलकत्ता बजार जान्छु भनी निस्किएकी डगौरा त्यसपछि आफूहरूको सम्पर्कमा नरहेको उनका श्रीमान् जित बहादुर डगौराले बताए ।

रोजगारीको सिलसिलामा भारतमा रहेका जित बहादुर श्रीमती सम्पर्क विहीन भएपछि घर आएका छन् । उनले खोजी कार्यमा सहयोग गर्न आग्रह गरेका छन् ।
कहीँ कतै सम्पर्कविहीन भएकी संगिता लाई देखिए नजिकैको प्रहरी कार्यालय वा ९८०६४५१३१०, ९८०६४३५८२८नम्बरमा सम्पर्क गर्न परिवारले आग्रह गरेका छन् ।

















