खाेज्नुहाेस

दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

Image

दार्चुला – दार्चुलामा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । दार्चुलाको मार्माको भित्री सडक ताकुबाट घोल्जरतर्फ गइरहेको सु.प.प्र ०१–००१ ज ००७६ नम्बरको जिप शनिबार राति करीब ८ बजेतिर अनियन्त्रित भएर पातिहाल्ला भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

navjiwan hospital

जिप दुर्घटना हुँदा मार्मा गाउँपालिका–१ घोल्जरका जिप चालक २६ बर्षीय हरिश महरा, सोही ठाउँकी २७ बर्षीया मनिषा ठगुन्ना, सोही ठाउँकी १७ बर्षीया स्मृती ठगुन्ना, १३ बर्षीया सारिका ठगुन्ना र १६ बर्षीय विवेक महरा घाइते भएका छन् । घाईतेहरुमध्ये चालक महरा र १७ बर्षीया स्मृती ठगुन्नाको स्वास्थ्य अवस्था गम्भीर रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता, प्रहरी निरीक्षक हेमराज भट्टले जानकरी दिए ।

attariya hospital

घाइते सबैको धनगढीमा उपचार भइरहेको जनाइएको छ ।