अर्घाखाँचीकाे पाणिनी गाउँपालिका–८, कोल्डाँडामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका–८, कोल्डाँडास्थित भित्रि सडकखण्डमा भएको बस दुर्घटनाका गम्भीर घाइते दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

पर्वतको मोदी गाउँपालिकाबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि रिर्जभमा आएको ध १ ध ५०४ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना भएको हो । घाइतेहरूको पहिचान खुल्न सकेको छैन ।
दुर्घटनाग्रस्त बस सडकबाट करीब १२० मिटर तल खसेको छ । घाइते सबैको उद्दार गरी पाल्पाको प्रवास र अर्घाखाँची जिल्ला अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।


















