धनगढी – काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको ना ८ ख १९४९ नम्बरको बस कैलालीको चिसापानी पुल नजिक, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई सडकमै पल्टिएको छ ।

दुर्घटनामा १० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दीयाले जनाएको छ । घाइतेको लालरत्न अस्पताल लम्कीमा उपचार गरिदै छ ।

बस सडकमै पल्टिएपछि उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर उद्धार तथा सडक खुलाउने काम गरिरहेको जनाएको छ । थप विवरण आउन बाँकी रहेको छ ।



















