खाेज्नुहाेस

नेपालमा निर्माण हुँदै टियर आइभी हाइपरस्केल डाटा सेन्टर

Image

काठमाडौँ – नेपालमा पहिलो पटक टियर आइभी हाइपरस्केल डाटा सेन्टर निर्माण हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी बिचुटेनडाटा भल्ट प्रालिले देशको डिजिटल पूर्वाधारलाई नयाँ उचाइमा पुर्याउने घोषणा गरेको हो ।

नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल, अनुज कियाल, विशाल कुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको यो परियोजनाले नेपालको डिजिटल सार्वभौमिकता तथा डाटा सुरक्षालाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

attariya hospital
navjiwan hospital

कम्पनीका अनुसार डाटा सेन्टर काठमाडौं र वीरगन्जमा निर्माण गरिनेछ । प्रारम्भिक चरणमा २४० किलोवाट क्षमताबाट शुरू हुने परियोजनालाई सन् २०३० सम्म ५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ ।

यो नेपालकै पहिलो टियर आइभी प्रमाणित डाटा सेन्टर हुने दाबी गरिएको छ । यस्तो स्तरको डाटा सेन्टरले ९९.९९५ प्रतिशत ‘अपटाइम’ सुनिश्चित गर्ने भएकाले वर्षभरिमा अत्यन्त न्यून प्राविधिक अवरोध मात्र हुने कम्पनीले जनाएको छ ।

कम्पनीले नेपालभित्रै डाटा सुरक्षित राख्ने ‘इनकन्ट्री डाटा रेसिडेन्सी’ अवधारणालाई प्राथमिकता दिएको छ । यसले विदेशी सर्भरमाथिको निर्भरता घटाउँदै राष्ट्रिय साइबर सुरक्षा तथा डिजिटल आत्मनिर्भरतालाई सुदृढ बनाउने अपेक्षा गरिएको छ ।