खाेज्नुहाेस

गोदावरीमा एक जना मृत भेटिए

Image
सांकेतिक फोटो

अत्तरिया – कैलालीको गोदावरीमा एक जना मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–२ तेघरीमा शनिबार बिहान बैतडीको बासुलिङ्गका ३९ वर्षीय हिमालबहादुर चन्द मृत फेला परेका हुन ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरा सिंह महराले चन्द सडक भन्दा केही भित्र पट्टी घोप्टो परेको अवस्थामा मृत अवस्थामा फेला परेको बताए ।

attariya hospital

उनका अनुसार मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।