काठमाडौं – बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ । आज नेप्से परिसूचक १.६४ अंक (०.१७%) ले घटेर २,७११.२२ विन्दुमा झरेको छ ।
बुधबारको बजारमा कुल ३३६ वटा कम्पनीका ७१ लाख ३१ हजार ५५७ कित्ता शेयर खरिदबिक्री भए । जसबाट कुल ३ अर्ब १९ करोड ७७ लाख ६६ हजार ७७९ रुपैयाँ बराबरको कारोबार भएको छ । दिनभरमा कुल ४७ हजार ८४१ वटा कारोबार भएका थिए ।


बजारमा आज १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको मूल्यमा गिरावट आएको छ । १५ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आज धेरै कमाउने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स, अपर लोहर खोला हाइड्रोपावर, एनआइसी एसिया ग्रोथ फण्ड–२, एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–२ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ रहेका छन् ।
यस्तै, सबैभन्दा बढी गुमाउनेमा भगवती हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, एनआइसी एसिया ब्यालेन्स्ड फन्ड, मोदी इनर्जी लिमिटेड र शिखर पावर डेभलपमेन्ट रहेका छन् ।
यसदिन बैंकिङ, फाइनान्स होटल, इन्भेष्टमेन्ट, लघुवित्त, म्युचुअल फन्ड, निर्जीवन बीमा समूहको सेयर बढ्यो भने यसबाहेकका घटेको नेप्सेले जनाएको छ ।



















