बाजुरा- बाजुरामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौमुल गाउँपालिका- ६ बसालाका ६८ वर्षीय दलबहादुर रोकायाको बुधबार रुखबाट खसेर मृत्यु भएको हो ।
सुन्तलाका बोट काँटछाँट गर्ने क्रममा उनी सोही सुन्तलाको बोटबाट खसेर मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकायाले बताए ।