खाेज्नुहाेस

बाजुरामा सार्वजनिक सवारीमा सिसिटिभी र जीपीएस जडान गर्न सुरु

Image

बाजुरा – बाजुरा जिल्लामा सञ्चालन हुने सार्वजनिक सवारी साधनमा सिसिटिभी क्यामेरा तथा जीपीएस जडान गर्ने कार्य सुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराले २०८३ वैशाख १ गते सार्वजनिक सूचना जारी गर्दै यहाँ चल्ने सबै सार्वजनिक सवारी साधनमा सुरक्षा मापदण्ड कायम गर्न सिसिटिभी र जीपीएस जडान अनिवार्य गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार अहिले जिल्लाभरका सवारी साधनमा धमाधम सिसिटिभी र जीपीएस जडान भइरहेको छ ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिम यातायात बाजुराका संयोजक रामचन्द्र गिरीले सार्वजनिक सवारी साधनमा सिसिटिभी जडानको काम सुरु भइसकेको जानकारी दिए ।

उनका अनुसार करिब दुई हप्ताभित्र बाजुरामा सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनमा सिसिटिभी र जीपीएस जडान कार्य सम्पन्न गरिनेछ ।

बाजुरामा धनगढीबाट २९, नेपालगञ्जबाट ५, महेन्द्रनगरबाट १८ र काठमाडौँबाट ५ गरी ५७ वटा लामो दूरीका सवारी साधन सञ्चालनमा रहेका छन् । यात्रु, चालक र सवारी धनी सबैका लागि सुरक्षा र सहजता सुनिश्चित गर्न यी उपकरण जडान गरिएको हो ।

नेपाल सरकारको निर्णयअनुसार बाजुरामा सञ्चालन हुने साना तथा ठुला सबै सवारी साधनमा सिसिटिभी जडान अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।