खाेज्नुहाेस

अत्तरिया बजारमा नगरपालिकाको अनुगमन जारी, मंगलबार पनि गरिने

Image

अत्तरिया– कैलालीको अत्तरिया बजारमा गोदावरी नगरपालिकाले सोमबार पनि अनुगमन गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसँगको सहकार्यमा नगरपालिकाले आईतबार देखी सुरु गरेको बजार अनुगमन सोमबार पनि जारी राखेको हो ।

अत्तरिया बजारस्थित पहाडरोडमा रहेका किराना, होटल, डेरी लगायतका पसलहरुमा नगरपालिकाले अनुगमन गरेको थियो । सोमबार ६७ वटा पसलहरुमा गरिएको अनुगमनमा अखाद्य तेल, खाजा नास्तामा प्रयोग गरिने कलर, लगायतका वस्तुहरु बरामद गरिएको थियो । नगरपालिकाका आर्थिक विकास शाखा अधिकृत लोक बहादुर खड्काका अनुसार सोमबार करिब ४ हजार ९७० रुपैया बराबरका अखाद्य वस्तुहरु बरामद गरिएको थियो ।

attariya hospital
navjiwan hospital

कतिपय होटलहरुमा अखाद्य तेल पनि बरामद गरिएको र बरामद गरिएको उक्त तेल तत्कालै नष्ट गरिएको उनले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीबाट आएका नायब प्राविधिक सहायक तोयनाथ ओझाले मेसिनमार्फत तेलको गुणस्तर मापन गरेका थिए । ओझाले मापन गरेको आधारमा खान नमिल्ने अवस्थामा पुगेको तेल बरामद गरेर नष्ट गरिएको खड्काले बताए ।

आईतबार र सोमबार अत्तरिया बजारका १०५ वटा पसलहरुमा नगरपालिकाले अनुगमन गरेको छ । जसबाट ७५ हजार १८० रुपैया बराबरका अखाद्य बस्तुहरु बरामद गरि नष्ट गरिएको छ । नगरपालिकाले मंगलबार पनि अनुगमनलाई निरन्तरता दिने जनाएको छ ।