खाेज्नुहाेस

धनगढीका मेयर सहित ३० जनाको टोली अपि हिमाल बेस क्याम्प भ्रमणमा

Image

धनगढी – सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिकाको एक टोली अपि हिमाल बेस क्याम्प यात्रामा निस्किएको छ।

navjiwan hospital

‘हाम्रो सुदूरपश्चिम हामी चिनाउँछौँ’ भन्ने नारासहित उपमहानगरपालिकाका मेयर गोपाल हमालको नेतृत्वमा ३० सदस्यीय टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो। सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने लक्ष्यका साथ मेयर हमाल स्वयं यात्रामा सहभागी भएका हुन्।

attariya hospital

यसअघि उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्दा उनले ‘सुन्दर सुदूरपश्चिम’ अभियान सुरु गरेका थिए। सोही अभियानको निरन्तरता स्वरूप अहिले स्थानीय सरकारकै पहलमा हिमाली तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसारका लागि यो कदम चालिएको उनले बताएका छन्। सोमबार धनगढीमा आयोजित एक औपचारिक कार्यक्रमबीच बाजागाजा र फूलमालासहित टोलीलाई भव्य बिदाइ गरिएको थियो।

स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा सर्वसाधारणको उपस्थितिमा टोलीलाई शुभकामनासहित विदाइ गरिएको जनाइएको छ। १० दिनको कार्यतालिका तय गरेर निस्किएको उक्त टोलीले अपि हिमालको आधार शिविरसम्म पदयात्रा गर्नेछ। धनगढीबाट बसमार्फत यात्रा सुरु गरेको टोली निर्धारित स्थानसम्म पुगेपछि पैदल यात्रा गर्दै बेस क्याम्पसम्म पुग्ने लक्ष्य राखिएको छ। यस यात्राबाट सुदूरपश्चिमका ओझेलमा परेका पर्यटकीय सम्भावनाहरू उजागर हुने अपेक्षा गरिएको छ।