खाेज्नुहाेस

दलित महिला र किशोरीको मानव अधिकार प्रवर्द्धनका  लागि सामाजिक परीक्षण 

Image
धनगढी – दलित महिला र किशोरीको मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा सामाजिक परीक्षण कार्यक्रम भएको छ । दलित महिला संघ, कैलालीको आयोजनामा भएको कार्यक्रममा परियोजना सम्बन्धी गतिविधि, उपलब्धि तथा चुनौतीहरूबारे  छलफल गरिएको थियो ।
godawari nagarpalika dadhelo
attariya hospital
कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख कन्दकला कुमारी रानाले संघसंस्थाहरुको अध्ययन, निचोडले स्थानीय सरकारलाई कार्यक्रम निर्माणमा सहयोग पुग्ने विश्वास गरिन । धनगढी उपमहानगरपालिकाले दलित समुदायका बालबालिकाहरूको शिक्षा लगायतका क्षेत्रमा नीति तथा कार्यक्रममा समावेश गर्दै आएको बताए ।
छलफलमा गौरीगंगा नगरपालिकाका उपप्रमुख भोज बहादुर बमले संस्थाले दलित समुदायको उत्थानका लागि गरेका कार्यहरू प्रशंसायोग्य रहेको बताए ।
navjiwan hospital
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख मान बहादुर कार्कीले मानव अधिकार हनन र सामाजिक विभेदमा सबैभन्दा बढी दलित समुदायले पीडामा पर्ने गरेको बताए । उनले विभेद न्यूनीकरणका लागि सङ्घसंस्था र राज्यका निकायहरूबिच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
सो अवसरमा अधिवक्ता पुष्प विक्रम शाहीले संस्थाको सामाजिक प्रशिक्षण सम्बन्धी प्रस्तुति राखेका थिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा, महिला समूह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
फाउन्डेसन फर जस्ट सोसाईटीको सहयोगमा सञ्चालित कार्यक्रममा यस्ता कार्यक्रमहरूले समुदायमा सचेतना अभिवृद्धिका साथै लक्षित समुदायको हक अधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।