खाेज्नुहाेस

तोलामा १६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

Image
file photo

काठमाडौँ – मंगलबार नेपाली बजारमा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १,६०० रुपैयाँले वृद्धि भई ३ लाख १ हजार ३ सय रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन सुन २ लाख ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

attariya hospital
navjiwan hospital

गत मंगलबार भने सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८ सय रुपैयाँ रहेको थियो, जसको तुलनामा यस साता बढ्दो प्रवृत्ति देखिएको छ।

यता चाँदीको मूल्य भने घटेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले सस्तो भई ५ हजार १६० रुपैयाँमा कायम भएको छ।

अघिल्लो दिन चाँदी ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो भने गत मंगलबार यसको मूल्य ५ हजार ६५ रुपैयाँ रहेको थियो।