खाेज्नुहाेस

प्रधानमन्त्री-गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका ‘सानुभाइ’ पक्राउ

Image

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोली हान्ने धम्की दिएका एक जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बझाङका २० वर्षीय सानु भाइ भन्ने साजन विष्टलाई पक्राउ गरेको हो।

navjiwan hospital

उनले फेसबुकमार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्वमन्त्री दीपक खड्कालाई रिहा गर्न माग गरेका थिए। नभए प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने र काठमाडौंमा एके४७ जस्ता हतियार भित्रिएको भिडिओ हालेका थिए।

attariya hospital

यसरी भिडिओ हालेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। पाँच वर्षदेखि भारतमा बस्दै आएका उनी बैंगलोरस्थित एमजी रोडको एक फेन्सी स्टोरमा काम गर्थे। भारतमा पनि उनी अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ।