खाेज्नुहाेस

नेपाली क्रिकेटमा टि–२० र एकदिवसीयका लागि छुट्टाछुट्टै कप्तान

Image

काठमाण्डौ– नेपाल क्रिकेट संघ (क्यान) ले टि–२० र एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि छुट्टाछुट्टै कप्तान चयन गरेको छ । यसअघि दुबै फम्र्याटमा एउटै कप्तान रहेकामा क्यानले अहिले टि–२० र एकदिवसीयका लागि फरक फरक कप्तानको चयन गरेको हो ।

navjiwan hospital

क्यानले टि–२० को कप्तानी यसअघि टिमका उपकप्तान दिपेन्द्र सिँह ऐरीलाई दिएको छ । एकदिवसीय फम्र्याटको कप्तानी भने रोहित पौडेल ले गर्ने जनाईएको छ । यही वैशाखमा हुने संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको टि–२० र ओमान सम्मिलित त्रिकोणात्मक एकदिवसीय श्रृंखलाका लागि दुई फरक फरक कप्तान चयन गरेको क्यानले जनाएको छ ।

attariya hospital

क्यानका प्रवत्ता छुम्बी लामाका अनुसार अब नेपालको टि–२० क्रिकेट टोलीको नेतृत्व आक्रामक अलराउन्डर दिपेन्द्र सिँह ऐरीले गर्नेछन । अप्रिल २० र २१ मा हुने यूएई विरुद्धको टी–० श्रृंखलाका लागि ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको छ । जसमा कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेश बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउँद, हेमन्त धामी, साहब आलम र शेर मल्ल रहेका छन । टी–२० का लागि बैकल्पीक खेलाडीका रुपमा प्रतिस जिसी, नारायण जोशी र रसिद खानलाई राखिएको छ । टी–२० श्रृंखलामा यसअघिका कप्तान रोहित पौडेलको नाम समावेश छैन ।

त्यस्तै अप्रिल २५ देखी मे ५ सम्म त्रिवि मैदानमै हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तरगतको त्रिकोणात्मक श्रृंखलाका लागि रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरिएको छ । जसमा दिपेन्द्र सिँह ऐरी उपकप्तानका रुपमा रहनेछन् । टोलीमा आसिफ शेख, भीम सार्की, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, अर्जुन कुमाल र करन केसीको नाम समावेश छ ।