खाेज्नुहाेस

अत्तरिया जेसिज वर्ष २०२६ द्धारा गोदावरी आर्यघाटको सरसफाई

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकास्थित गोदावरी आर्यघाटको सरसफाई गरिएको छ । अत्तरिया जेसिज वर्ष २०२६ का पदाधिकारीहरुले बिहीबार आर्यघाट क्षेत्रमा वृहत सरसफाई गरेका हुन् ।

नागरिकस्तरबाट पनि सार्वजनिक स्थलको सरसफाई गर्न सकिन्छ भन्ने उद्देश्य लिएर अत्तरिया जेसिजले सरसफाई कार्यक्रमको आयोजना गरेको अत्तरिया जेसिज वर्ष २०२६ का अध्यक्ष बम बहादुर बोगटीले बताए । उनका अनुसार सरसफाई कार्यक्रममा अत्तरिया जेसिजका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

attariya hospital
navjiwan hospital

धार्मिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिने आर्यघाट क्षेत्रमा लामो समयदेखि थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको उनले बताए । बोगटीले समाजप्रति उत्तरदायी भई काम गर्नु जेसिजको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने बताए । ‘आर्यघाटजस्तो संवेदनशील तथा पवित्र स्थानको सरसफाई गर्नु हामी सबैको साझा जिम्मेवारी हो’ उनले भने ‘यस किसिमका गतिविधिमार्फत वातावरण संरक्षण मात्र नभई नागरिकमा सरसफाइप्रति जागरुकता बढाउने हाम्रो प्रयास हो ।’

उनले आर्यघाटमा दाहसंस्कार गर्न जानेहरुले जथाभावी फोहोर फाल्दा आर्यघाट दुर्गन्धित हुने गरेको बताए । उनले सार्वजनिक स्थानको सुरक्षा, सरसफाई र संरक्षणका लागि सबैले आ–आफ्नो तर्फबाट जिम्मेवारी बोध गर्न आवश्यक रहेको समेत बताए ।