खाेज्नुहाेस

बिमा कार्यक्रममा सुदूरपश्चिममा २६ प्रतिशत नागरिक आबद्ध

Image

धनगढी – सुदूरपश्चिम प्रदेशमा कूल जनसङ्ख्याको २६ प्रतिशत अर्थात् सात लाख तीन हजार ९०५ व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् ।

विसं २०७२ देखि सुरु गरिएको यो कार्यक्रममा अझै पनि धेरै नागरिक समेटिन बाँकी छन् । प्रदेशको कूल जनसङ्ख्या २६ लाख ९४ हजार ७८३ रहेका छन् । स्वास्थ्य सेवामा नागरिकको सर्वसुलभ पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल सरकारले स्वास्थ्य बिमा कार्यक्रम सुरु गरेको थियो ।

attariya hospital
navjiwan hospital

बिमा बोर्डका अनुसार समेटिएका दुई लाख २८ हजार ३९८ परिवारमध्ये एक लाख ५४ हजार ५०५ परिवार लक्षित (विपन्न, सीमान्तकृत, जोखिममा रहेका समूह) छन् । ७३ हजार ८९३ परिवार अन्य श्रेणीका छन् ।

चालु आव २०८२/०८३ को चैतसम्म ७९ हजार १९५ परिवार क्रियाशील रहेका छन् । यो सङ्ख्या कूल बीमित परिवारको तुलनामा निकै कम हो । ठूलो सङ्ख्यामा परिवारले बिमा नवीकरण गर्न इच्छुक नभएको देखिन्छ ।

गत वर्ष प्रदेशसम्ममा छ लाख ७३ हजार ९५३ नागरिकले स्वास्थ्य बिमा गराएको बिमा बोर्ड कार्यालय सुदूरपश्चिम प्रदेशले जनाएको छ । कार्यालय अनुसार आव २०७९/८० मा एक लाख ३४ हजार ६२६ परिवार बिमामा आबद्ध भएका थिए । आव २०८०/८१ मा एक लाख २६ हजार ४५ र आव २०८१/८२ मा एक लाख ४६ हजार ८९८ परिवार बिमा आबद्ध भएको तथ्याङ्कमा उल्लेख छ ।

नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र किफायती बनाउन स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको हो ।