कञ्चनपुर – कञ्चनपुरमा महाकाली नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्।

आज भीमदत्त नगरपालिका–११ भुजेलाघाटस्थित महाकाली नदीमा शुक्लाफाँटा नगरपालिका–७ कालागौडीका ४५ वर्षीय प्रकाश सिंह डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

सिंह कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कालागौडी निवासी धना भट्टको मलामीमा सहभागी भई महाकाली नदीमा नुहाउने क्रममा डुबेर हराएका थिए।
बेपत्ता व्यक्तिको खोजीकार्य तीव्र रूपमा जारी रहेको प्रहरीले जनाएको छ।














