धनगढी – जबरजस्ती करणी गरेको आरापमा कैलालीमा एक जना पक्राउ परेका छन्।

२८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको कैलारी गाउँपालिका–३ हसुलिया बस्ने २३ वर्षीय सनि चौधरीलाई पक्राउ परेका हुन ।

उनलाई ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा बिहीबार बेलुकी जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
















