बेलौरी – कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल ल्याईएको ४० क्विन्टल लाही (तोरी) बरामद गरेको छ ।
मङ्गलबार दिउँसो बेलौरी नगरपालिका १ फटियाबाट सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म बेलौरीका सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको कमाण्डमा खटिएको टोलिले ४० क्विन्टल तोरी बरामद गरेको हो ।


सशस्त्र प्रहरीका अनुसार तोरी फटैया स्थित सिमा ईलाकामा अवैध रुपमा नेपाल भित्र्याइ वेवारिसे अवस्थामा फेला परेको थियो ।
६ लाख रुपैयाँ बराबरको तोरी बरामद गरी आवश्यक कार्वाहीको लागी कैलाली भन्सार कार्यालय पठाईएको सशस्त्र प्रहरीले जनाएको छ ।
पछिल्लो समय बेलौरी सिमा नाकामा भारतबाट गहुँ तोरी अवैध रुपमा नेपाल भित्रीने क्रम बढ्दो छ । सोही अनुसार सिमामा सशस्त्र प्रहरीले निगरानी बढाएको छ ।


















