खाेज्नुहाेस

सुन ४ सय चाँदी ४० रुपैयाँले बढ्यो

Image
file photo

काठमाडौं – मंगलबार सुनचाँदीको भाउ सामान्य बढेको छ । सुन तोलामा ४ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९१ हजार ८ रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

navjiwan hospital

केही दिनयता सुनको भाउ उतारचढाव सामान्य बनेको छ । गत बुधबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ थियो । आज चाँदी पनि सामान्य बढेको छ ।

attariya hospital

अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँ बढेको हो । हिजो प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८२० रुपैयाँमा कायम भएको छ । गत मंगलबार चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियो ।