बेलौरी – मालपोत कार्यालय बेलौरीले अनाधिकृत व्यक्ति ,बिचौलिया तथा दलालहरुलाई कार्यालयमा प्रवेश निषेध गरेको छ ।
मालपोत कार्यालयले विहिवार सूचना जारी गर्दै कार्यालय परिसरमा अनाधिकृत व्यक्तिहरुलाई प्रवेशमा निषेध गरिएको जानकारी गराएको हो ।


भुमी व्यवस्थापन तथा अभिलेख विभागको निर्णय कार्यान्वयन आदेश अनुसार कार्यालय परिसरमा अनाधिकृत व्यक्ति ,बिचौलिया तथा दलालहरुलाई कार्यालयमा प्रवेश निषेध गरिएको मालपोत कार्यालय बेलौरीले जनाएको छ ।
त्यस्तै कार्यालयबाट अनुमति प्राप्त भु सेवा संचालकहरुले परिचय पत्र सहित कार्यालयमा प्रवेश गर्न सुचनामा भनिएको छ ।
त्यस्तै कार्यालयले खाजा खाने समयमा पनि सेवा प्रवाह हुने समेत जानकारी गराएको छ । कार्यालयले सेवाग्राहीलाई सेवा लिन सहज होस भन्ने तवरले खाजा खाने समयमा समेत सेवा प्रवाह हुने जानकारी गराएको छ ।




















