अत्तरिया – गोदावरी कृषि विकास सहकारी संस्थाका अध्यक्ष कृष्ण विकले सहकारी समृद्ध ओलानीको सपना बोकेर ओलानी क्षेत्रमा आफ्ना गतिविधि गरिरहेको बताएका छन् । सहकारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले आधुनिक कृषि मार्फत किसानको आय स्तर बढाउन सहकारी लागिरहेको बताए ।

‘किसानलाई आधुनिक खेती प्रणालिमा कसरी लग्न सकिन्छ भनेर हामीले काम गरिरहेका छौ’ उनले भने ‘एक समूह एक तरकारी खेती, हाम्रो समूह उद्यमी जस्ता कार्यक्रम सञ्चालन गरेका छौ । हामीले विभिन्न संघसस्थाहरु सँगको समन्वयनमा भैँसी पालन, बाख्रा पालन, तरकारी खेती, च्याउ खेती जस्ता कार्यक्रम सञ्चालन गरेका छौ ।’

उनले सहकारी मार्फत ओलानी क्षेत्रमा ठुलो मात्रामा खुर्सानी खेती सञ्चालन गरिएको बताए । उनले ओलानी क्षेत्र लोकल कुखुराको लागी राम्रो हावापानी भएको क्षेत्र भएकाले त्यसका लागि पनि योजना बनाएर अघि बढिरहेको बताए ।
भिडियो
















