अत्तरिया – आज ६९ औँ राष्ट्रिय सहकारी दिवस मनाइँदै छ । प्रत्येक वर्ष चैत २० गते देशभर विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने परम्परा अनुरूप यस वर्ष “उद्यमशीलता र पारदर्शिताः सहकारीको अपरिहार्यता” भन्ने मूल नारासहित दिवस मनाइदै छ ।

देशभर अहिले करिब ३० हजारको सङ्ख्यामा सहकारी रहेको तथ्याङ्क छ । यो क्षेत्रमा झन्डै ६० लाख सदस्य छन्। सहकारी क्षेत्रले ५० हजारलाई प्रत्यक्ष तथा पाँच लाख नागरिकलाई अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ । कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशत र वित्तीय पहुँचमा १५ प्रतिशत योगदान सहकारी क्षेत्रले गरेको बताइन्छ ।

सहकारी क्षेत्रमा सङ्ख्यात्मक विकास भए पनि सहकारीको गुणस्तर बढ्न नसक्दा तथा विविध विकृति र विसङ्गतिका कारण यसको लोकप्रियता पछिल्लो समय खस्कँदै गइरहेको छ ।


















