खाेज्नुहाेस

४० हजार सेयर सदस्यले जन्मदेखि मृत्यु सम्मका सेवा लिइरहेका छन् : अध्यक्ष बम

Image
अत्तरिया –  नवजीवन सहकारी धनगढीका अध्यक्ष देव बहादुर बमले नवजीवन सहकारीका सदस्यले जन्मदेखि मृत्यु सम्मका सेवा लिइरहेको बताएका छन् । सहकारी दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले सहकारीमा आबद्ध ४० हजार २५० सेयर सदस्यले जन्मदेखि मृत्यु सम्मका सेवा दिइरहेको बताएका हुन ।  उनले सहकारीले अहिले १ लाख देखि ५ करोड सम्म ऋण दिन दिइरहेको बताए । उनले सहकारीले बिना धितो १० करोड सम्म लगानी गरिएको बताए ।
attariya hospital
उनले सहकारीले चामल उद्योग सञ्चालन गरेको बताउँदै किसानका उत्पादन खरिद गरेर किसानलाई सुपथ मूल्य विक्री वितरण गर्दै आइरहेको बताए । ४ वर्ष अघि ४ अर्बको कारोबार गर्दै आएकोमा अहिले ७ हजार कारोबार पुगेको उनले बताए । उनले वैदेशिक भ्रमणमा गर्ने खर्च, अनावश्यक खर्च कटौती गरेर सहकारीलाई अगाडि बढाइरहेको बताए ।
navjiwan hospital
उनले यहाँ बाहिरबाट आएका सहकारी डुबेका भए पनि यस क्षेत्रका सहकारी भने कुनै असर नपरेको बताए ।  उनले सहकारीमा १५१ कर्मचारी कार्यरत रहेको बताए ।
भिडियो