महेन्द्रनगर – यातायात व्यवस्था कार्यालय महेन्द्रनगरमा बिचौलीयाहरुलाई निषेध गरिएको छ । मङ्गलवार कार्यालयले सुचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।

निमित्त प्रमुख रबिन्द्र चौधरीद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ ‘कार्यालय परिषर भित्र प्रवेश गरि सेवाग्राहीलाई प्रलोभनमा पार्ने ,दु:ख दिने,हैरानी गर्ने गरेको भन्ने जनगुनासो कार्यालयमा प्राप्त भएकोले उक्त कार्य नगर्न ,नगराउन हुन सम्बन्धित सबैलाई सचेत गराइन्छ ।

कार्यालय भित्र बिचौलिया पुर्ण रुपमा निषेध गरिएकोले अटेर गरेमा कानुन बमोजिम कार्वाही गरिने सूचनामा भनिएको छ ।


















