खाेज्नुहाेस

कैलालीको मोहन्यालमा महिलाले बाटोमै जन्माइन शिशु

Image

धनगढी – कैलालीको दुर्गम क्षेत्र मोहन्याल गाउँपालिकामा एक महिलाले स्वास्थ्य केन्द्र पुग्न नपाउँदै बाटोमै शिशुलाई जन्म दिएकी छन् । मोहन्याल गाउँपालिका–३ बुढीआमकी २२ वर्षीया दुर्गा बिकलाई सोमबार सुत्केरी व्यथा सुरु भएपछि परिवारले उनलाई स्वास्थ्य संस्थातर्फ लैजाँदै थिए । उनी फल्लेबिसौँना आधारभूत स्वास्थ्य केन्द्रतर्फ जाँदै गर्दा बाटोमा पर्ने जंगलमै शिशुलाई जन्म दिन बाध्य भइन् ।

navjiwan hospital

घटनाबारे जानकारी पाएपछि स्वास्थ्य केन्द्रकी अनमी रूपा खत्रीसहितको टोली एम्बुलेन्स लिएर तत्काल घटनास्थल पुगेको थियो । टोलीले आमा र नवजात शिशुको उद्धार गरी आवश्यक प्राथमिक उपचार प्रदान गरेको जनाएको छ ।

attariya hospital

स्वास्थ्य केन्द्रमा सामान्य हेरचाहपछि आमा र शिशु दुवैको अवस्था सामान्य रहेको पुष्टि भएपछि उनीहरूलाई डिस्चार्ज गरिएको छ । दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पहुँचको अभावका कारण अझै पनि महिलाहरूले यस्तो जोखिमपूर्ण अवस्था भोगिरहेका छन् ।