खाेज्नुहाेस

पीएम कपका लागि शेर मल्लको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा

Image

धनगढी – प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशले आफ्नो टोली घोषणा गरेको छ। टोलीको कप्तानी शेर मल्ललाई दिइएको छ भने उपकप्तानको जिम्मेवारी किरण ठगुन्नाले पाएका छन्।

navjiwan hospital

घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको सन्तुलित समावेश गरिएको छ। सुदूरपश्चिमले यसपटक अघिल्लो संस्करणको कमजोर प्रदर्शन सुधार गर्दै उपाधि होडमा बलियो चुनौती दिने लक्ष्य लिएको जनाएको छ।

attariya hospital

टोलीमा शेर मल्ल र किरण ठगुन्नासहित खडक बोहरा, दिपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, शौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी समावेश छन्।

अघिल्लो संस्करणमा सुदूरपश्चिमले ९ खेलमध्ये तीन
जित मात्र निकाल्न सकेको थियो। त्यसैले यसपटक नयाँ रणनीति र सन्तुलित टोलीमार्फत उत्कृष्ट प्रदर्शन गर्ने तयारी गरिएको टोली व्यवस्थापनले जनाएको छ।