खाेज्नुहाेस

नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच छुट दिने सम्झौता

Image

धनगढी – नागरिक लगानी कोष र निसर्ग हस्पिटलबीच स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार कोषका कर्मचारी, सेयरधनी र कोषमा आबद्ध सहभागीहरूले निसर्ग हस्पिटलमा उपचार गर्दा ५ देखि २५ प्रतिशतसम्म छुट पाउनेछन् ।

navjiwan hospital

सम्झौतामा निसर्ग हस्पिटलका अध्यक्ष तिर्थराज पन्त र नागरिक लगानी कोषका शाखा प्रमुख दिपक घिमिरेले हस्ताक्षर गरेका छन् ।

attariya hospital

निजी क्षेत्रबाट सञ्चालित निसर्ग हस्पिटल सुदूरपश्चिममै स्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल हो । १०० शैयाको क्षमता भएको यस अस्पतालले २४ सै घन्टा स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ ।

यस सम्झौताले कोषमा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा अझ सुलभ बनाउने अपेक्षा गरिएको छ ।