खाेज्नुहाेस

डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते

Image

डोटी – डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बोगटान फुड्सिल गाउँपालिका– ३ इनाडास्थित भित्री सडकखण्डमा बोलेरो जिप दुर्घटना हुँदा चार जना घाइते भएका हुन् ।

navjiwan hospital

इनाडाबाट कैलालीतर्फ जाँदै गरेको से १ च १५१७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चालक कैलालीको गौरीगंगा नगरपालिका–९ का २८ वर्षीय सन्तोष सापकोटा, घोडाघोडी नगरपालिका–२ का ४५ वर्षीय योगेश बिनाडी, बोगटान फुड्सिल–३ का १७ वर्षीय नरेश साउँद र अछाम ढकारी गाउँपालिका–३ का १५ वर्षीय जनक बुढा घाइते भएका छन् ।

attariya hospital

घाइते सबैलाई उपचारका लागि धनगढीतर्फ पठाइएको प्रहरीले जनाएको छ ।